१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


सुनको मूल्य ओरालो लाग्नेक्रम जारी


0
Shares

काठमाडौं, जेठ १४ । शुक्रबार पनि सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले ओरालो लागेर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन १ सयले कमी आएर ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले कमी आएर ७ सय ५० रुपैयाँमा कारोबार भयो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय २२ डलर हाराहारीमा कारोबार भएको थियो ।