
काठमाडौं, जेठ १४ । नेपाल–चीनबीच लगानी, आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा जोड दिइएको छ ।
चीनको कम्युनिकेसन अफ इन्डस्ट्री एन्ड इन्फर्मेसन टेक्नोलोजी अफ गान्सु प्रान्तका उप–निर्देशक झांग फुकुइको नेतृत्वमा नेपाल भ्रमणमा आएका १३ सदस्यीय व्यापारिक टोली र नेपाली उद्योगी–व्यवसायीबीच भएको ‘इन्भेस्टमेन्ट इन नेपाल’ विषयक छलफलकाक्रममा उक्त जोड दिइएको हो ।
नेपाल–चीन उद्योग वाणिज्य संघले गरेको गोष्ठीका अवसरमा संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीच लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गरेका थिए ।
नेपालमा जलविद्युत्, पर्यटन, कृषिजन्य उत्पादन, सिमेन्ट, निर्माण, जडिबुटी क्षेत्रमा लगानी गर्न उनले आग्रह गरेका थिए ।
उपनिर्देशक झांगले गान्सुको लान्जाउबाट सिगात्सेसम्म रेल आइपुगेको हुँदा यसबाट दुई देशबीचको व्यापार तथा सम्बन्ध अझ विस्तार हुने बताए ।
साथै, संघ तथा सीसीपीआइटी गान्सु प्रान्तबीच सम्बन्ध विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर पनि भएको थियो ।
साथै, द्विपक्षीय लगानीका लागि अरु ६ ओटा नेपाली तथा चिनियाँ कम्पनीहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको पनि संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्