
काठमाडौं, जेठ १५ । सरकारले आउँदो आर्थिक वर्ष २०७३/०७४ को बजेट आज ल्याउँदै छ । अपराह्न ४ बजे संसदमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद बैठकले बजेटका सम्बन्धमा छलफल गर्दै निर्धारित समयमै बजेट ल्याउने निर्णय गरेको छ ।
सरकारले आउँदो आर्थिक वर्षका लागि १० खर्ब ४० भन्दा बढीको बजेट ल्याउन लागेको हो । संसद बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्नेछन् ।
बजेटमा नागरिकको जीवनस्तर माथि उठाउने योजनासहित भूकम्पपछिको पुनर्निर्माण, पूर्वाधार विकास तथा सामाजिक सुरक्षामा विशेष जोड दिइएको छ ।
नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको अहिलेको सरकारले यसअघि एमालेको नौं महिने शासनकालमा ल्याएको बजेटकै शैलीमा बजेट ल्याउन लागेको स्रोतले जताएको छ ।
बजेटमा गामीण क्षेत्रका नागरिकलाई महशूस हुनेगरी कृषिमा आधुनिकीकरण, पूर्वाधार विकास, भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका कार्यक्रम समावेश गरिएको छ । यस्तै कर्मचारीको तलब बढ्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता कायम राख्दै वृद्धवृद्धा, अपांगता भएका, अशक्त, एकल महिला तथा बेरोजगार युवाका लागि पनि बजेटमा विशेष कार्यक्रम समावेश भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्