२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


उदयपुरमा सडक अतिक्रमण गरी घर टहरा निर्माण गर्ने क्रम बढ्यो


0
Shares

-केदार कटुवाल/ईमेज

उदयपुर । उदयपुरका विभिन्न स्थानमा सडक अतिक्रमण गर्ने र घर टहरा निर्माणको क्रम बढेको छ ।

धरान–चतरा–रामपुर–गाइघाट सडक (मदन भण्डारी लोक मार्ग) पनि यसको चपेटामा परेको छ ।

सडकको सुनसरी चतरा–कोशी पुल २ किलो मिटर खण्डमा यो क्रम  बढेको हो ।

सडकको पूर्व अग्ला डाँडा पाखा र पश्चिम सप्तकोसी नदी बगेकोतर्फ होटल ब्याबसाय ,किराना र निजी कम्पनीका कार्यालयले सडक अतिक्रमण गरेका हुन् ।

धार्मिक तथा पर्यटकिय स्थल रहेका चतरा, बराहा क्षेत्र ,कोसी टप्पु बन्य जन्तु आरक्षण केन्द्र ,जल यातायातका कारण आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने यस क्षेत्रमा सडक किनारा ओगट्दै ब्याबसाय संचालनमा आएका छन् ।

सवारी साधन रोक्ने र पार्किङ गर्ने स्थल समेत नहुँदा यात्रुले सास्ती भोग्नु परेको हो ।

बराहाक्षेत्र मरिन एण्ड रिसोर्ट प्रालिले सडक किनारामा काँडे तारबार लगाइ आफ्नो कार्यालय खडा गरेको छ ।

पछिल्लो चरण आरसीसी सहितको भवन बन्ने क्रमले सडक अझ सागुँरिदै गएको हो ।

अझ सडकमा छाडिएका गाई बाख्रा तथा सुँगुर जस्ता चौपायका कारण सडक दुर्घटनाको जोखिम रहेको छ ।

सडक किनरामा बनाइका टहरा विक्री गर्दै त्यस्ता स्थानमा होटल रिसोर्ट बन्ने क्रम बढे पनि सडक डिभिजन मौन र अनभिज्ञता प्रकट गरेको छ ।

चतरा बराहाक्षेत्र धार्मिक स्थल, कोशी पुलबाट भोजपुर र धनकुटाको सिम्लेसम्म २२ किलो मिटर जेट बोटको जल यात्रा ,कोसी टप्पु आरक्षण केन्द्रले पर्यटकको संख्यामा बृद्धि भएको हो ।