
विराटनगर, जेठ १५ । नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्र सत्तामा भविष्य देख्नेहरुको गुट भएको आरोप लगाएका छन् ।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै नेता गजुरेलले आफ्नो पार्टीबाट अलग भएका रामबहादुर थापा नवसंशोधनवादी भएको बताए ।
उनले क्रान्तिकारी कित्ता छाड्दै जनयुद्धलाई विश्वासघात गरेर नवसंशोधनवादीहरु सरकारी कित्तामा गएको बताए ।
थापा गएपछि आफ्नो पार्टीमा सुद्धीकरण भएको भन्दै उनले ठूलो परिवर्तन विना जनताका भावनाअनुसारका काम हुन नसक्ने दाबी गरे ।
नेता गजुरेलले अहिलेको अवस्थामा सत्तामा गएर परिवर्तन सम्भव नहुने भएकाले आफ्नो पार्टी प्रतिक्रान्तिबाट एकैचोटी क्रान्ति हुन नसक्ने निष्कर्षका साथ शक्ति सञ्चयमा लागिरहेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्