२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


मनिषाको शंकास्पद मृत्युः ‘आशिष’को म्याद थप, पोस्टमार्टम रिपोर्ट आइतबार


0
Shares

नवलपरासी, जेठ १५ । फुटबलर बिमल घर्तीमगरकी बहिनी मनिषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी ‘आशिष’लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

शुक्रबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

प्रहरी उपरीक्षक चौधरीकाअनुसार मनिषाको शव परीक्षण प्रतिवेदन आइतबार आउँदै छ ।

प्रहरी नियन्त्रणमा रहेका तिलकपुरका २२ वर्षीय आशिषलाई आइतबार नै पोलीग्राफ (प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा हुने) गरिने भएकाले घटनाबारे थप तथ्य आउने छ ।

१७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट–८ पञ्चनगर, भानुनगर गाउँस्थित आफ्नै निवासमा बिहीबार बिहान मृतावस्थामा फेला परेकी थिइन् ।

प्रहरीले अभियुक्त चौधरीसहित अन्य एकजनालाईसमेत नियन्त्रणमा लिए पनि अन्य एकजनाको नाम सार्वजनिक गरेको छैन । रासस