
काठमाडौं, जेठ १५ । वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’ गएको १३ महिना भइसक्दासमेत त्यसको पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
शनिबार दिउँसो पनि एक पराकम्पन मापन भएको छ ।
दिउँसो ३ बजेर २४ मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपास केन्द्रबिन्दू भएर ४.६ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
१० किलोमिटर गहिराइमामात्र पराकम्पन आएकाले वरिपरिका क्षेत्रमा भने ठूलै धक्का महसुस भएको थियो ।
पराकम्पनको झड्का काठमाडौंसम्म नै महसुस गरिएको थियो । धक्कालगत्तै मानिसहरु खुला स्थान र सडकमा निस्किएका थिए ।
‘गोरखा भूकम्प’पछि अहिलेसम्म ४ म्याग्निच्यूडदेखि माथिका ४५९ ओटा पराकम्पन मापन भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्