
काठमाडौं, जेठ १५ । व्यवस्थापिका–संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको आव २०७३/०७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सामाजिक सुरक्षा भत्तालाई दोब्बर गरिएको छ ।
एकल महिला, बृद्ध र अल्पसंख्यकलाई सो भत्ता प्रदान गरिँदै आएको थियो ।
‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमको बजेट पनि दोब्बर बनाइएको छ । ती कार्यक्रमहरु वि.सं २०५२ मा नेकपा एमाले नेतृत्वको सरकारकै पालामा आएको थियो ।
यसैगरी, सांसद विकास कोषको रकम बढाइ रु तीन करोड पुर्याइएको छ ।
पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा लाग्ने उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सांसदहरुका लागि घरभाडा बृद्धि गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्