
पाँचथर, जेठ १५ । पाँचथरमा जंगली च्याउ खाँदा ५ दिनयता ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा थर्पु–६ दारिम्बाकी ११ वर्षीया एलिजा मावोको, पाँचथर आङना–१ की ४५ वर्षीया पदममाया माङलाक र उनकी छोरीहरु कविता माङलाक र सोनी माङलाक छन् ।
जंगली च्याउ खाँदा बिरामी परेका अरु ८ जनाको पाँचथर, झापा र धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्