३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


उद्योगी केडियाको अवस्था अझै अज्ञात, अपहरणमुक्त गराउन माग


0
Shares

वीरगन्ज, जेठ १५ । वीरगन्ज उद्योग वाणिज्य संघले उद्योगी सुरेश केडियालाई अपहरणमुक्त गराउन सरकारसँग माग गरेको छ ।

उद्योगी–व्यापारीहरुको टोलीले शनिबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई उद्योगी केडियालाई अपरणमुक्त गराउन ज्ञापनपत्र बुझाएका हुन् ।

केडियाको अपहरणले औद्योगिक क्षेत्र आतंकित बनेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

बाराको बरियारपुरबाट गत विहीबार केडियालाई अपहरण गरी भारततर्फ लगिएको थियो ।

केडियाको अवस्था अझै अज्ञात छ ।