
काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो अकस्मात इराकको भ्रमणमा पुगेका छन् ।
ईरानसँग तनाव बढिरहेको बेला अमेरिकी विदेशमनत्री पोम्पियो छिमेकी मुलुक ईराकको राजधानी बग्दाद पुगेका हुन् ।
बर्लिनको भ्रमण रद्द गरेर इराकी नेताहरुसँग कुराकानी गर्न चार घण्टाका लागि उहाँ बग्दाद गएका हुन ।
अमेरिकाले इरानलाई ‘स्पष्ट र सिधा सन्देश’ दिनका लागि मध्यपूर्वमा युद्धपोतसहितको लडाकू पानीजहाज तैनाथ गरेलगत्तै उनको इराक भ्रमण भएको हो ।
पोम्पियोको इराक भ्रमणबारे अमेरिकी अधिकारीहरुले विस्तृत विवरण दिएका छैनन् ।
भ्रमणका क्रममा उनले इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीसँग भेटवार्ता गरेको बताइएको छ ।
यसअघि अमेरिकाकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भावी दिनमा हुनसक्ने समस्या र तनाव वृद्धिका केही संकेत र चेतावनीपछि मध्यपूर्वमा युद्धपोत तैनाथ गरिएको बताएका थिए ।
बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने चेतावनीसमेत दिएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्