३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


बजेट सस्तो लोकप्रियता कमाउने प्रयास : कांग्रेस नेता, कसले–के भने ?


0
Shares

काठमाडौं, जेठ १५ । शनिबार सार्वजनिक आर्थिक वर्ष २०७३/७४ को बजेटबारे राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले बजेटलाई सस्तो लोकप्रिता कमाउने प्रयास भनी टिप्पणी गरेका छन् भने सत्तापक्षका नेताहरुले कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटमा मुलभूत सहमति रहेको र केही विषयमा रहेको धारणापछि सार्वजनिक गरिने बताए ।

एमाले सांसद एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले बजेट महत्वकांक्षी भएपनि सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताए ।

तर, नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री रामशरण महतले बजेटले वित्तीय अराजकता निम्त्याउने दाबी गरे ।

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री महेश आचार्यले बजेटको ‘साइज’मात्रै ठूलो भएको र कार्यान्वयन हुन नसक्ने बताए ।

यस्तै, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले पनि बजेट वितरणमुखी र सस्तो लोकप्रियताका लागिमात्रै ल्याइएको टिप्प्णी गरे ।