३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्य (पूर्णपाठ पढ्नुहोस्)


0
Shares

काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७३/४७ को बजेट सार्वजनिक गरेको छ ।

शनिबार व्यवस्थापिका–संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले १० खर्ब ४८ अब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट प्रस्तुत् गरेका हुन् ।

संविधानमा व्यवस्था भएबमोजिम पहिलोपटक जेठ १५ मा प्रस्तुत् बजेटमा पुनःनिमाण, पूर्वाधार विकास, उर्जा, कृषि र सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार र पूँजीगततर्फ ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कुल बजेटका लागि राजस्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख, साँवा फिर्ता प्राप्तिबाट १० अर्ब, र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ८९ करोड र वैदेशिक ऋणबाट १ खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख ३७ हजार जुट्ने अनुमान गरिएको छ ।

थप रकम आन्तरिक ऋण र चालु आर्थिक वर्षको नगद मौज्दातबाट व्यवस्थापन गरिने घोषणा गरिएको छ ।

बजेटमा २०७३ आर्थिक समृद्धितर्फ प्रारम्भको वर्ष हुने घोषणा गर्दै ६ दशमलव ५ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने लक्ष्य लिइएको छ ।

यस्तै, मुद्रास्फिति ७ दशमलव ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको छ ।

बजेटमा पुनःनिर्माणका लागि १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट वक्तव्यको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्