
बर्दिया, जेठ १६ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका वस्तीमा जंगली हात्तीले आतंक मच्चाउन थालेका छन् ।
एक सातादेखि मध्यवर्ती क्षेत्रका वस्तीमा जंगली हात्तीले आक्रमण गरी डेढ दर्जनभन्दा बढी घर भत्काएको छ । निकुञ्जमा उच्चस्तरको विद्युतीय तारवार नहुँदा जंगली हात्ती सजिलै गाउँ पस्ने गरेको स्थानीयको गुनासो छ ।
रातिको समयमा निकुञ्जबाट आएका जंगली हात्तीले दिनहुँ आतंक मच्चाउन थालेपछि मध्यवर्ती क्षेत्रका शिवपुर हात्तीसार, वेतहनी, डल्ला, कैलाशी, पत्थरवोझी गाउँका बासिन्दा त्रसित बनेका छन् ।
हात्तीले शिवपुरको हात्तीसार नजिकै रहेको ग्रिनपार्क होटलसहित ७ वटा घर भत्काएको छ ।
त्यस्तै वेतहनीमा २ घर र बाँकी अन्य स्थानमा गरी डेढ दर्जनभन्दा वढी घर भत्काएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
प्रतिक्रिया दिनुहोस्