८ असार २०८२, आइतबार | Sun Jun 22 2025


सर्वोच्च शिखर सगरमाथामा मानव पाइला टेकेको ६३ वर्ष पूरा


0
Shares

काठमाडौं, जेठ १६ । आज मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवस । नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईंदै छ ।

तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

सगरमाथा चुचुरोमा पहिलो पटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ । ६३ वर्षको आरोहणको अवधिमा करिब ७ हजार पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् ।

सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरुले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् ।

गतवर्ष विनासकारी भूकम्पका कारण सगरमाथाको आरोहण हुन सकेको थिएन भने अघिल्लो वर्ष हिम पहिरोले १६ जना आरोहीको दुःखद निधन भएको र आरोहणको रुटसमेत भत्किएकाले आरोहण स्थगित गरिएको थियो ।

यस वर्ष आरोहणको अन्तिम दिन जेठ १२ गतेसम्म करिब ४ सय आरोहीले सगरमाथा चुचुरोमा पुगेका थिए ।