
काठमाडौं, जेठ १६ । सभामुख ओनसरी घर्तीले महिला अधिकारका लागि अझै पनि संघर्ष आवश्यक रहेको बताएकी छिन् ।
महिला, कानुन र विकास मञ्चको २१ औं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले महिलाका लागि संविधानले थुप्रै अधिकार प्रदान गरे पनि अझै पूर्ण नभएको बताइन् ।
उनले कुनै पनि नेपाली छोरा वा छोरीबाट जन्मने बच्चा नागरिकताबिहीन बन्नु नपरोस् भन्नेमा आफू सजग रहेको बताइन् । संविधान आफैंमा कहिल्यै पूर्ण नहुने भन्दै उनले असन्तुष्टिहरु संशोधनमार्फत् सम्बोधन गर्दै लगिने स्पष्ट पारिन् ।
प्रतिक्रिया दिनुहोस्