३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


एनएमबि बैंकले वैदेशिक रोजगारीबाट फर्केकालाई सहुलियतपूर्ण कर्जा दिने


0
Shares

काठमाडौं, वैशाख २४ । एनएमबि बैंकले वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई १० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुरुप बैंकले १० लाखसम्मको कर्जा उपलब्ध गराउने भएको हो ।

मंगलबार काठमाडौंमा रिटर्नी माइग्रेन्ट नेपाल, राष्ट्रिय युवा परिषद् र एनएमबि बैंकबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको हो ।

बैंकले यस योजनाअन्तर्गत् एक अर्बसम्म कर्जा प्रवाह गर्ने जनाएको छ ।

बैंकले यस योजनाअन्तर्गत् प्रतिव्यक्ति अधिकतम् १० लाख रुपैयाँसम्म परियोजना धितोमा कर्जा प्रवाह गर्ने जनाइएको छ ।

साथै, बैंकले सम्भावित ऋणीहरुलाई सल्लाह–सुझाव दिने, तालिमको व्यवस्था गर्ने, युवालक्षित निक्षेप तथा कर्जा, अन्य आकर्षक योजना ल्याउनेलगायतका काम पनि गर्ने जनाएको छ ।