३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


‘चीनसँगको पारवहन सम्झौता कार्यान्वयनसँगै व्यापार सहज हुने’


0
Shares

काठमाडौं, वैशाख २४ । चीनसँगको पारवहन सम्झौता कार्यान्वयनसँगै व्यापार सहज हुने विश्वास गरिएको छ ।

यसबारे जानकारी दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा उक्त विश्वास व्यक्त गरिएको हो ।

मन्त्रालयका सहसचिव केदारबहादुर अधिकारीले सम्झौतासँगै चीनसँगको विद्यमान व्यापारबाहेक अरु मुलुकसँगको अन्तर्राष्ट्रिय कारोबार सहज हुने विश्वास व्यक्त गरे ।

मन्त्रालयले यससम्बन्धी प्रक्रिया, लागत, दूरी र अन्य सुविधालगायतका विषयमा अध्ययन गर्न विशेष टोली पठाउन लागेको उनले उल्लेख गरे ।

चीनसँग भएको पारवहन समझदारीमा कुनै ठोस रुट उल्लेख नभएर हामीलाई सहज रुट प्रयोग गर्न पाउने विषय नेपालका लागि लाभदायक भएको उनले उल्लेख गरे ।