
काठमाडौं, वैशाख २४ । मंगलबार सेयरबजार नगन्य अंकले सकारात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १३ सयमाथि पुग्यो ।
नेप्से करिब २ अंकले उकालो लागेर १३ सय १ विन्दु कायम भएको हो । कारोबारमा पनि सामान्य सुधार आयो ।
वाणिज्य बैंक र वित्त समूहबाहेक अरु सबै समूह सकारात्मक रहे । यसदिन होटल समूह सबैभन्दा उच्च १०१ अंकले उक्लियो । यस्तै, उत्पादनमूलक समूह १५ अंकले उक्लदा अन्य समूहमा पनि ९ अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीका २५ लाख २० हजार कित्ता सेयर ७२ करोड ८८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्