
काठमाडौं, जेठ १६ । अर्थमन्त्री विष्णु पौडेलले प्रत्येक चुनौतीको सामना गर्दै बजेटको पूर्ण कार्यान्वयन गर्ने दाबी गरेका छन् ।
बजेट सार्वजनिक गरेको भोलिपल्ट आज अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेलले कार्यान्वयनको आत्मविश्वास र योजनासहित बजेट ल्याएको जिकीर गरे ।
बजेट विरतणमुखी भएको भन्ने विज्ञहरुको आरोप अस्वीकार गर्दै उनले बजेट छरपस्ट नभई स्पष्ट रहेको दाबी गरे ।
वित्तीय अनुशासनलाई ध्यानमा राखेर बजेट निर्माण गरिएको भन्दै अर्थमन्त्री पौडेलले मूल्य वृद्धि ७ दशमलब ५ प्रतिशतकै सीमाभित्र राख्ने र सोही अनुसारको मौद्रिक नीति राष्ट्र बैंकले ल्याउने बताए ।
उनले उपभोक्तालाई भार नपर्नेगरी पूर्वाधार कर लगाउने, पूँजीगत खर्च बढाउने, पुनर्निर्माणलाई तीब्रता दिने भन्दै उच्च प्राथमिकता रहेका आयोजनाहरुका लागि पूँजीगत बजेटको ८६ दशमलब ५ प्रतिशत रकम विनियोजन गरेको तर्क गरे ।
पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले थप ३० अर्ब रुपैयाँ कृषि क्षेत्रमा जाँदा उत्पादन बढ्ने र मूल्यबृद्धि नियन्त्रणमा राख्न सघाउने जिकीर गरे ।
मन्त्री पौडेलले हिजो १० खर्ब ४८ अर्बको बजेट सार्वजनिक गरेका थिए । चालु आर्थिक वर्षको तुलनामा यो बजेट २८ प्रतिशतले बढि हो ।
प्रतिक्रिया दिनुहोस्