२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


उतारचढावबीच शेयर बजार ऋणात्मक


0
Shares

काठमाडौं, जेठ १६ । आइतबार शेयर बजार ऋणात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले ऋणात्मक रहेर १५२२ कायम हुन आयो ।

शुरुवाती समयमा उकालो लागेको नेप्से मध्यान्हपछि ओरालो लागेको हो । विकास बैंक, वाणिज्य बैंक र वित्त समूह ओरालो लागेसँगै नेप्से ऋणात्मक रहन पुगेको हो । विकास बैंक समूहमा सबैभन्दा उच्च ९ अंक र वाणिज्य बैंक समूहमा पनि ८ अंकको गिरावट आयो ।

जलविद्युत, बीमा र होटल समूह भने उकालो लागे । जलविद्युत समूहमा सबैभन्दा उच्च ७५ अंकको सुधार आयो । बीमा समूह ३८ अंकले बढ्यो । होटल समूह पनि १२ अंकले उक्लियो । कारोबार भने यस दिन पनि उच्च नै रह्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १२५ कम्पनीको २१ लाख ८० हजार बराबर कित्ता शेयर १ अर्ब १८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।