
काठमाडौं, जेठ १६ । आइतबार पनि सुुनको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुुनको मूल्य तोलामा २ सयले ओरालो लागेर ५४ हजार २ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार एकैदिन ६ सयले कमी आएर ५४ हजार ४ सयमा आइपुगेको थियो । चाँदीको मूल्य भने यसदिन पनि ७५० मा स्थिर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२१२ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्