Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


सप्तकोशीको प्याकेजबाट सुनकोसी–कमला डाइभर्सनलाई अलग्याउन भारतद्वारा अस्वीकार


0
Shares

काठमाडौं, जेठ १७ । नेपाल–भारत संयुक्त प्राविधिक समिति (जेएसटी) को शुक्रबार नयाँ दिल्लीमा सम्पन्न पाँचौं बैठकमा सुनकोसी–कमला डाइभर्सनलाई सप्तकोसी उच्च बाँधको संयुक्त अध्ययनबाट अलग गर्न भारतले अस्वीकार गरेको छ ।

नेपालले सप्तकोसी उच्च बाँधको प्याकेजबाट सुनकोसी–कमलालाई हटाई आफैंले अध्ययन गरी निर्माण सुरु गर्न भारतलाई प्रस्ताव गरेको थियो ।

भारतीय पक्षले दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारीअनुसार सुनकोसी–कमलाको अध्ययन भइरहेको विषय जेएसटीसीको म्यान्डेट भित्र नपर्ने भएकोले अस्वीकार गरेको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सिंचाई मन्त्रालयका सहसचिव माधव बेलबासेले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट