२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


करबृद्धिकै कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दैन : निगम


0
Shares

काठमाडौं, जेठ १७ । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाए पनि तत्काल मूल्य नबढ्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउने उल्लेख छ । यो रकम बुढी गण्डकी जलविद्युत आयोजना निर्माणमा खर्च गरिने भनिएको छ ।

तर आयल निगमले पूर्वाधार कर लाग्दैमा तत्काल मूल्य नबढ्ने बताएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेले अहिले भइरहेको नाफाबाटै यो रकम व्यवस्था गरिने जानकारी गराउँदै मूल्य नबढ्ने बताए । -राजधानी दैनिकबाट