
काठमाडौं, जेठ १७ । सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधन गरी मुस्लिमका हक अधिकार सम्बोधन गरिने बताएकी छिन् ।
संविधानमा मुस्लिम मुद्दा र गठबन्धनको आगामी कार्यदिशाका बारेको राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै सभामुख घर्तीले मुस्लिमका अधिकारलाई संविधान संशोधनमार्फत् सम्बोधन गर्न पहल गर्ने बताइन्
उनले संविधान सहमतिको दस्तावेज भएकाले कसैलाई टाढा र नजिक राख्ने नियत नभएको प्रष्ट पारिन् ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायलाई राज्यले विशेष अधिकारको व्यवस्था गर्न माग गरे ।
सरकारसँग पटक पटक वार्ता भए पनि सम्झौता कार्यान्वयन नभएको भन्दै उनले राष्ट्रिय मुस्लिम आयोग गठन, राज्यका सबै निकायमा मुस्लिम प्रतिनिधित्वलगायतको व्यवस्था हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्