२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


रोयटर्सका दुई पत्रकार रिहा


0
Shares

काठमाडौं, वैशाख २४ । म्यानमारमा समाचार संकलनकाक्रममा पक्राउ परेका ‘रोयटर्स’का दुईजना संवाददाता रिहा भएका छन् ।

सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका लो र क्याव नाम गरेका संवाददाताहरु ५०० दिनपछि रिहा भएका हुन् ।

म्यानमारमा रोहिंग्या मुस्लिम समुदायकाबारेमा गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो भने गत सेप्टेम्बरमा सात वर्षको जेल सजाय तोकिएको थियो ।

रोयटर्सले भने पक्राउ गरिएका दुवै संवाददातालाई तत्काल रिहा गर्न माग गर्दै आएको थियो । पक्राउको विश्वव्यापीरुपमा विरोध भएको थियो ।

रिहा भएका दुवैजनाले आफ्नो कामलाई निरन्तरता दिने बताएका छन् । (एजेन्सी)