
काठमाडौं, जेठ २० । सनराइज बैंकले नारायणी नेसनल फाइनान्सलाई प्राप्ती (एक्विजिसन) गर्ने भएको छ ।
दुई संस्थाको विहीबार राजधानीमा सम्पन्न छुट्टा–छुट्टै विशेष साधारणसभाले प्राप्तीसम्बन्धी विशेष प्रस्ताव पारित गरेका हुन् ।
२०६६ कात्तिक १५ गतेदेखि नारायणी र नेसनल फाइनान्स ‘मर्ज’ भएर ‘ग’ वर्गको राष्ट्रियस्तरको फाइनान्स कम्पनीकोरुपमा काम गर्दै आएको नारायणी नेसनल फाइनान्स अब सनराइज बैंकमा परिणत हुने भएको हो ।
राष्ट्र बैंकको नीति र थप बलियो बन्ने उद्देश्यले फाइनान्सलाई सनराइज बैंकमा एक्विजिसन गर्न लागिएको नारायणी नेसनल फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले बताए ।
संस्था प्राप्तीपछि सनराइज बैंकको चुक्तापूँजी ३ अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्