८ असार २०८२, आइतबार | Mon Jun 23 2025


‘२१औं शताब्दीको कानुनी शिक्षा चुनौतीपूर्ण’


0
Shares

काठमाडौं, जेठ २० । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश वैजनाथ उपाध्यायले कानुन र सामाजिक शिक्षा सँगै अगाडि बढाउनुपर्ने बताएका छन् ।

विहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले २१औं शताब्दीको कानुनी शिक्षा चुनौतीपूर्ण रहेको बताए ।

कानुनी शासनको सिद्धान्तलाई कानुनका विद्यार्थीहरुले आत्मसात् गर्नुपर्ने भन्दै उनले कानुनलाई व्यवहारमा लागू गर्न आग्रह गरे ।

कार्यक्रममा प्राध्यापक पवन ओझा, वरिष्ठ अधिवक्ता सूर्य ढुंगेल, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट, नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसी, नेसनल ल कलेजका संस्थापक प्रिन्सिपल डा. रामकृृष्ण तिमल्सेनालगायतले नेपालमा कानुनी शिक्षाको आधुनिकीकरण जरुरी रहेकोमा जोड दिएका थिए ।