
भक्तपुर, जेठ २० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् ।
विहीबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा उनले ‘पुष्पकमल दाहालले विश्वासघात नगरेको भए गत महिना नै राष्ट्रिय सरकार बनिसक्थ्यो’–भने ।
अबको राष्ट्रिय सरकारको निर्माणमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीका लागि अगाडि नसार्ने उनको भनाइ थियो ।
कांग्रेसले नपाए राष्ट्रका हितका लागि एमालेबाटै पनि प्रधानमन्त्री बनाउन कांग्रेस तयार हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्