२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


एन्डी मरे फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा


0
Shares

काठमाडौं, जेठ २० । ब्रिटिस खेलाडी एन्डी मरे फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

फ्रान्सको पेरिसमा जारी प्रतियोगिताको क्वार्टरफाइनलमा घरेलु खेलाडी रिचार्ड ग्यास्केलाई पाखा लगाउँदै मरे अन्तिम चारमा पुगेका हुन् ।

ग्यास्केविरुद्धको खेल मरेले ५–७, ७–६, ६–० र ६–२ ले आफ्नो पक्षमा पारे । दोस्रो वरीयताका मेरेले अब सेमिफाइनलमा साविक विजेता स्वीस खेलाडी स्टानीस्लास वावरीङ्काको सामना गर्नेछन् ।

क्वार्टरफाइनलमा स्पेनका अल्बर्ट रामोस भिलानोसलाई ६–२, ६–१ र ७–६ ले हराउँदै तेस्रो वरीयताका वावरीङ्का सेमिफाइनलमा पुगेका थिए ।

यता, महिलातर्फ अष्ट्रेलियाकी समन्था स्टोसर र स्पेनकी गार्बीने मुगुरुजा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वार्टरफाइनलमा अष्ट्रेलियन खेलाडी स्टोसरले बुल्गेरियाकी पिरेन्कोभालाई ६–४ र ७–६ ले हराएन् भने स्पेनकी मुगुरुजाले अमेरिकाकी शेलबी रोजर्स्लाई ७–५ र ६–३ ले पाखा लगाइन् ।