
काठमाडौं, जेठ २० । ब्राजिलियन फुटबल हस्ती पेलेका बहुमूल्य सामान लिलामीमा राखिने भएको छ ।
पेलेले फुटबल खेल्दा लगाएका बुटदेखि विश्वकप ट्रफीको ‘रेप्लीका’, स्वर्णपदकलगायतका सामान लिलामीमा राखिन लागेको हो ।
यसका लागि पेलेले इंग्ल्यान्डको लन्डनस्थित एक कम्पनीलाई अनुमति दिएका छन् ।
आफ्नो करियरका सम्पूर्ण महत्वपूर्ण सामाग्री सुरक्षितसाथ पुस्तौं–पुस्तासम्म संग्रह गर्ने कार्य ज्यादै कठीन भएकाले लिलामी गर्न लागेको पेलेले बताएका छन् ।
लिलामीको सूचीमा रहेका सामानमध्ये विश्वकप ट्रफीको रेप्लीका सबैभन्दा महँगो हुने धेरैको अनुमान छ । ब्रिटिस कम्पनीले यसको मूल्य न्यूनतम् ६ लाख अमेरीकी डलर तोकेको छ ।
पेलेको जर्सी, बुट, पदकलगायतका झन्डै २ हजार सामान लिलामी गर्ने तयारी गरिएको छ । यसबापत कम्तिमा ५१ लाख अमेरिकी डलर आम्दानी हुने अनुमान छ ।
पेलेले यसअघि आफ्ना केही सामाग्री भने आफूले फुटबल करियर सुरु गरेको ब्राजिलियन सहर सान्तोसका लागि दिइसकेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्