
धनकुटा, जेठ २० । तेह्रथुममा रेन्बो ट्राउट माछाको व्यवसायिक पालन सुरु गरिएको छ ।
सुनसरीको इटहरीका धनराज खड्काले तेह्रथुमको लालीगुराँस नगरपालिकामा रेन्बो ट्राउट माछाको व्यवसायिक पालन सुरु गरेका हुन् ।
उनले ५० लाख रुपैयाँको लागतमा सात रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरी माछापालन गरेका हुन् ।
पहिलो चरणमा दोलखाबाट ल्याएर ४२ हजार भुरा हालेका खड्काले दास्रो चरणमा पुनः नुवाकोटबाट ३० हजार भुरा ल्याएर थप गरेका छन् ।
रेन्बो ट्राउट माछा पूर्वका बजारमा प्रतिकिलो १५ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।
उनले स्थानीयस्तरमै माछा खपत् गराउने उद्देश्यले करिब एक करोड रुपैयाँको लागतमा रिसोर्टसमेत सन्चालनमा ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्