
ताप्लेजुङ, जेठ २० । बेमौसमी हिमपात तथा मौसममा बारम्बार हुने परिवर्तनले ताप्लेजुङको हिमाली क्षेत्रका पशुपालक किसान समस्यामा पारेका छन् ।
पशु–चौपाय लिएर जंगलमा निस्किएका किसान एक्कासि हुने मौसम पविर्तनको जोखिममा पर्ने गरेका हुन् । हिउँपर्नासाथ जोगिनका लागि चौंरीहरु गोलो घेरा लागेर आफैं बस्छन् ।
एकापसमा मिलेर बस्ने चौंरी अचानक हिमपात हुँदा सानो क्षेत्रमा नअटेर लडेर मर्ने गरेको गोठालाहरुको भनाइ छ ।
केही समयअघिमात्र अचानक हिमपात हुँदा पापुङ–४ मा एकैगोठका १९ ओटा चांैरी र याक लडेर मरेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्