८ असार २०८२, आइतबार | Mon Jun 23 2025


सामाजिक सुरक्षा विधेयक संशोधन हुनुपर्ने माग


0
Shares

काठमाडौं, जेठ २० । व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विहीबार सामाजिक सुरक्षा विधेयकसम्बन्धी छलफल भएको छ ।

सामाजिक सुरक्षा विधेयकले सम्पूर्ण नेपालीलाई समेट्न नसकेको निश्कर्ष निकाल्दै समितिको बैठकले विधेयकबारे थप छलफल गर्न अर्को बैठक बोलाएको छ ।

समितिका सदस्यहरुले  विधेयकले मुलकका समग्र पक्षहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन नसकेको भन्दै संशोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

समितिका अधिकांश सदस्यहरुले असंगठित व्यक्तिहरुलाई सामाजिक सुरक्षासम्बन्धी विधेयकले नसमेटेको भन्दै संशोधन हुनुपर्ने माग गरेका हुन् ।

बैठकमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले राज्यले उद्योगी–व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभुति दिने गरी विधेयकलाई अन्तिमरुप दिनुपर्नेमा जोड दिएका थिए ।