२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


माधव नेपालले दिए मधेसी दललाई चेतावनी


0
Shares

वीरगन्ज, जेठ २० । नेकपा एमालेका नेता माधवकुमार नेपालले सबै दलको सहमति भएमात्र राष्ट्रिय सरकार बन्नसक्ने बताएका छन् ।

विहीबार वीरगन्जमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेकपा माओवादी केन्द्रसँग लिखित र मौखिक सम्झौता भएको स्वीकार्दै सबै दलको सहमति भएमात्र राष्ट्रिय सरकार बन्ने बताएका हुन् ।

नेता नेपालले मधेसवादी दलहरुलाई अरु पार्टीको कार्यक्रममा बाधा नपुर्‍याउन चेतावनी पनि दिए ।

एमालेको कार्यक्रममा बाधा पुर्‍याए मधेसी दलको कार्यक्रममा पनि आफ्ना कार्यकर्ताले हस्तक्षेप गर्नसक्ने र अवस्था गम्भीर हुने चेतावनी उनको थियो ।

उनले पूर्व र पश्चिम सबैतिर ६ र ८ लेनको सडक बनिरहँदा वीरगन्ज पछाडि पर्नुमा स्थानीय नेता र जनता दोषी रहेको आरोप पनि लगाए ।

नेता नेपालले सरकारले ल्याएको बजेट राम्रो भएपनि कार्यान्वयन गर्न भने निकै चुनौतीपूर्ण हुने उल्लेख गरे ।