२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मन्त्रिपरिषद बैठकमा माओवादी केन्द्रका मन्त्रीहरु अनुपस्थित


0
Shares

काठमाडौं, जेठ २० । सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत्को सामाजिक सुरक्षा विकास समितिको कार्यकारी प्रमुखमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको विहीबार बसेको बैठकले खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख छनोट नभएसम्मका लागि डा. लोहनीलाई नियुक्त गरेको सन्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा नेकपा माओवादी केन्द्रका एकजनाबाहेक अरु मन्त्री भने उपस्थित भएनन् ।

माओवादी केन्द्रका सिंचाइमन्त्री उमेश यादवमात्र सहभागी भएकाले अरु विषयमा बैठकले निर्णय नगरेको हो ।

माओवादीका मन्त्रीहरु पार्टी बैठकमा व्यस्त भएकाले मन्त्रिपरिषदमा उपस्थित नभएको बताइएको छ ।