
पोखरा, वैशाख २४ । पोखरा विमानस्थलमा मंगलबार दिउँसो एउटा ‘जाइरोकोप्टर’ दुर्घटना भएको छ ।
दृश्यावलोकन गरेर फर्केर अवतरण गर्नेक्रममा दिउँसो झन्डै २ बजेतिर धावनमार्गमा दुर्घटना भएको हो ।
जाइरोकप्टर उत्तरी भेगबाट अवतरण गर्नेक्रममा चिप्लिएर बाहिर जाँदा दुर्घटना भएको जनाइएको छ ।
जाइरोकोप्टरमा फ्रान्सेली पाइलट क्याप्टेन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । क्याप्टेन एरिक सामान्य घाइते भएका छन् ।
जाइरोकोप्टरको पंखा भाँचिएको छ भने सिसा फुटेको छ ।
दुर्घटनापछि विमानस्थल भने सामान्य अवस्थामा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्