८ असार २०८२, आइतबार | Mon Jun 23 2025


लुक्लाबाट साढे २ दिनको पैदलपछि पुगिने खुम्जुङका बासिन्दाको कथा–व्यथा (भिडियो रिपोर्ट)


0
Shares

प्रतीक लामिछाने/नवीन स्थापित (इमेज)
खुम्जुङ (सोलुखुम्बु), जेठ २० । हरेक क्षेत्रका जनताले देशको प्रमुख कार्यकारी निकाय अर्थात् सरकारको प्रभावकारी उपस्थिति भएको देख्न चाहन्छन् ।

नागरिक भएका नाताले सरकारबाट पाउनुपर्ने सेवा–सुविधा उपभोग गर्न पाउने उनीहरुको अधिकारभित्र पर्छ ।

तर, विकट हिमाली जिल्ला सोलुखुम्बुको ग्रामीण क्षेत्रका जनताले अहिलेसम्म सरकारको उपस्थिति भएको अनुभव गरेका छैनन् ।

उनीहरुले जे गरेका छन्, आफ्नै प्रयासमा गरेका छन् ।

सोलुखुम्बुको लुक्ला विमानस्थलबाट करिब साढे २ दिनको पैदलयात्रापछि पुगिने गाउँ हो, खुम्जुङ ।

समुद्री सतहबाट झन्डै ३ हजार ८ सय मिटरको उचाइमा रहेको यो गाउँ हरित उपत्यकाको नामले पनि प्रसिद्ध छ ।

हरिया रङका जस्ताबाट बनेका यहाँका गाउँ हेर्दा जति सुन्दर छ, यहाँका मानिसको पीडा भने बेग्लै छ ।

शेर्पा समुदायको बसोबास रहेको यो गाउँमा आलू, फापर, ऊवालगायतका बालीबाहेक अन्य खासै उब्जनी हुँदैन ।

विकट हिमाली जिल्लाको विकट गाउँ भएकै कारण उनीहरुले यहाँ विभिन्न खाले समस्या भोग्नुपरेको छ ।

२०७२ वैशाखमा गएको भूकम्पले यहाँका घरलाई पनि क्षति पुर्‍यायो । तर, जनताले सरकारको बाटो कुरेनन् ।

आफ्नै बलबुतामा घर निर्माण गरेर उनीहरु पूर्ववत् अवस्थामै फर्किइसकेका छन् ।

उनीहरु भन्छन्–‘सरकार छ भनेको सुनिन्छ, तर सरकारको उपस्थिति हामीले अनुभव गर्न पाएका छैनौं ।’ एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्