
प्रदीप पौडेल (इमेज)
लोमाङथाङ (मुस्ताङ), जेठ २० । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेगको पर्यटन प्रवद्र्धन गर्न व्यवसायीले पहल थालेका छन् ।
प्राकृतिक सौन्दर्यले भरिएको मुस्ताङको प्रचार–प्रसारका साथै वैकल्पिक पदयात्राको मार्ग निर्माण गर्न व्यवसायीहरुले माग गरेका छन् ।
मुस्ताङको उपल्लो भेगको पर्यटन प्रवद्र्धन गर्न व्यवसायीहरुले पहल थालेका हुन् ।
यसका उनीहरुले लागि स्थानीयसँग अन्तरक्रिया र पर्यटकहरुलाई कसरी बसाइँ लम्ब्याउन सकिन्छ भन्नेबारेमा छलफलसमेत गरेका छन् ।
उपल्लो मुस्ताङको प्राकृति सौन्दर्यलाई बचाइराख्न वैकल्पिक पदयात्राको मार्ग निर्माण गर्न उनीहरुले माग गरेका छन् ।
उपल्लो मुस्ताङ क्षेत्रलाई राज्यले अर्धनिषेधित क्षेत्रकोरुपमा राखेको छ । त्यहाँ जाँदा विदेशी पर्यटकले थप ५ सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ ।
पोखरा र काठमाडौंका व्यवसायीले यो शुल्क हटाउन सके थप विदेशी उपल्लो मुस्ताङ जाने दाबी गर्दै आएका छन् । तर, पर्यटन व्यवसायीहरुले भने त्यसलाई कायम राख्नुपर्ने बताएका छन् ।
सोही शुल्कमा पर्यटकको समयावधि थप्न पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेशबहादुर भट्टराई बताउँछन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्