८ असार २०८२, आइतबार | Mon Jun 23 2025


के कारणले लाग्छ मानिसलाई रिंगटा ? यसो भन्छन् चिकित्सक (भिडियोसहित)


0
Shares

प्रज्ञा तिमल्सिना/दिलिप पोखरेल (इमेज)
काठमाडौं, जेठ २० । धेरैले रिंगटा लाग्नुलाई सामान्यरुपमा लिने गर्दछन् ।

रिंगटा लागेपछि चिकित्सकले त्यसको कारण पत्ता नलगाइ औषधिसमेत दिने गरेका छन् ।

रिंगटा लाग्ने कारण पत्ता लगाएर उपचार गराउने अस्पतालको अभाव हुँदा बिरामी झन् समस्यामा परेका छन् ।

रिगंटा के कारणले गर्दा लाग्छ ? भनी अध्ययन–अनुसन्धान नै नगरी उपचार गराउने प्रचलनका कारण हाल धेरै मानिस समस्यामा परेका छन् ।

चिकित्सकले रिगंटा लाग्ने कारण नै पत्ता नलगाइ औषधि दिने प्रचलनले पनि बिरामी थप समस्या परेका छन् । रिंगटा लाग्नु कुनै रोग नभइ यो लक्षणमात्र हो ।

मानिसमा कुनै रोग लागेको छ भने त्यसको कारण रिंगटा लाग्छ । कुनै स्थानमा बसेर उठ्दा शरीर घुमाएको जस्तो हुने, बस्दा/हिँड्दा पनि शरीर घुमेको जस्तो हुने, आँखा धमिलो हुने, शरीर कमजोर जस्तो हुनेलगायतका समस्या कुनै न कुनै रोगका लक्षण हुन् ।

विशेषगरी कानको समस्याका कारण मानिसलाई रिंगटा लाग्ने चिकित्सकहरुले बताएका छन् ।

यसैगरी आँखा, हाडजोर्नीको समस्याका कारण पनि मानिसलाई रिगंटा लाग्ने चिकित्सकहरु बताउँछन् ।

शरीरले राम्रोसँग मस्तिष्कमा सूचना पठाउन सकेन भने पनि रिगंटा लाग्ने समस्या देखिने गर्दछ ।

तर, के कारणले रिंगटा लागेको भन्ने पहिचान नगरी औषधि सेवन गर्दा त्यसले जोखिम निम्त्याउनसक्ने चेतावनी चिकित्सकहरुको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्