
काठमाडौं, जेठ २० । क्यान्सरपीडित पूर्वराष्ट्रिय बक्सिङ खेलाडी इन्द्रबहादुर मगरलाई अमेरिकामा बस्दै आएका बक्सिङ खेलाडीले आर्थिक सहयोग गरेका छन् ।
अमेरिकामा बस्दै आएका बक्सिङ खेलाडी मुक्तिसंग्राम विष्टले उपलब्ध गराएको ५१ हजार रुपैयाँ क्योकुसिन बुदोकाई संघले विहीबार पीडित खेलाडी मगरलाई हस्तान्तरण गरेको हो ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्न सफल मगर दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित छन् ।
विभिन्न व्यक्ति तथा संघ–संस्थाले प्रदान गरेको रकमले उपचारका लागि सहयोग पुगेको भएपनि मासिक लाखौं रुपैया खर्च लाग्ने भएकाले उपचार खर्च जुटाउन आफूलाई हम्मेहम्मे परेको मगरले बताएका छन् ।
लामो समय राष्ट्रका लागि पसिना बगाएको भएपनि समस्या पर्दा सरकार, राष्ट्रिय खेलकुद परिषद र बक्सिङ संघले बेवास्ता गरेको गुनासो पनि खेलाडी मगरले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्