२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


फिफा वरीयतामा नेपाल दुई स्थान तल


0
Shares

काठमाडौं, जेठ २० । विश्व फुटबल महासंघ (फिफा)ले विहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान तल झर्दै १८२औं स्थानमा पुगेको छ ।

फिफा वरीयतामा दुई स्थान तल झरे पनि दक्षिण एसियामा भने नेपाल यसअघि रहेको चौंथो स्थानमा यथावत् छ ।

दक्षिण एसियाली मुलुकहरु भारत १६३औं स्थानमा रहेर दक्षिण एसियाको शीर्ष स्थानमा पुगेको छ ।

यसअघि, दक्षिण एसियाको शीर्ष स्थानमा रहेको मल्दिभ्स सबैभन्दा धेरै १४ स्थान तल झरेर १७४औं स्थानमा पुगेको छ ।

त्यस्तै, बंगलादेश १८१औं, भुटान, श्रीलंका र पाकिस्तान क्रमशः १८८औं, १८९औं र १९२औं स्थानमा छन् ।

त्यस्तै, दक्षिण एसियाबाट छुट्टिएर मध्य एसिया फुटबल फेडेरेसनमा आवद्ध भएको अफगानिस्तान १५६औं स्थानमा छ ।

विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना, दोस्रोमा बेल्जियम यथावत् छन् भने कोलम्बिया तेस्रो, जर्मनी चौथो, चिली पाचौं स्थानमा छन् ।

छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा क्रमसः स्पेन, ब्राजिल, पोर्चुगल, उरुग्वे र अष्ट्रिया छन् । रासस