
फ्लोरिडा, जेठ २१ । बक्सिङ हस्ती मोहोमद अली अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ ।
पूर्व हेभिवेट बक्सिङ च्याम्पियन अलीका प्रवक्ताले जनाएअनुसार श्वास प्रश्वाससम्बन्धी समस्या बढेपछि अलीलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।
यसअघि गत वर्ष जनवरीमा पिसाबमा संक्रमण भएपछि अलीलाई पटक–पटक अस्पताल भर्ना गर्नु परेको थियो । सन् १९८१ मा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अली त्यसको तीन वर्षपछि पार्कीन्सन रोगबाट पीडित छन् ।
उनका प्रवक्ता बब गुनेलले अलीलाई अस्पताल लगिएको पुष्टि गरे पनि कुन अस्पतालमा उपचार गरिएको हो भन्ने सार्वजनिक गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्