नवलपरासी, जेठ २१ । लागूपदार्थका कारण सीमा नाकामा अपराधको जोखिम बढेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
प्रहरीले सीमा क्षेत्रका भारतीय अधिकारी र दुवै देशका सञ्चारमाध्यमको सहयोगमा अन्तक्र्रियालगायतका सचेतनाका कार्यक्रम शुरु गरेको हो ।
भारतीय बजारमा लागु पदार्थ सेवन गर्न जानेको संख्या बढ्दै गएको विश्लेषण गरेर प्रहरीले अभियान सञ्चालन गरिरहेको छ । स्थानीय सञ्चारमाध्यमको सहयोगमा लागूपदार्थ नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।
अभियानअन्तर्गत सीमा नाकाहरुमा होडिङबोर्ड स्थापना र भारतीय सीमा बजारका मेडिकलहरुलाई त्यस्ता पदार्थ बिक्री नगर्न अनुरोध गरिएको छ । लागूपदार्थ सेवनका लागि सुनवल, बर्दघाट, कावासोतीदेखि चितवनसम्मका दुव्र्यसनीहरु नवलपरासीको सीमा नाकामा पुग्ने गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्