पाल्पा, जेठ २१ । पाल्पाको कसेनी गाविस–९ स्थित सहारादेवी प्राथमिक विद्यालयको भवन र पर्खाल निर्माणका लागि स्थानीयबासिन्दा श्रमदानमा जुटेका छन् ।
अधिकांश दलित र कुमाल समुदायको बस्ती भएको यो स्थानमा दिनहुँजसो एक सयभन्दा बढी स्थानीयले श्रमदान गरिरहेका छन् ।
‘आफ्नो विद्यालय राम्रो विद्यालय’ बनाउने उद्देश्यका साथ गाउँलेहरु ढुंगा, बालुवा, गिट्टी बोकेर विद्यालयको भौतिक अवस्था राम्रो बनाउन लागेको बताउँछन् । २०६१ सालमा स्थापना भएको यो विद्यालयमा टिनले बारेर पढाइ सञ्चालन गरिएको थियो ।
विद्यालयको भौतिक अवस्था सुधार गरी गुणस्तरीय शिक्षा दिन सामाजिक स्रोत विकास केन्द्रले ३ लाख रुपैयाँ सहयोग गरेको छ ।





प्रतिक्रिया दिनुहोस्