३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


बलिउड फिल्म ‘सिंघम’ दृष्यसहित आइएसले जारी गर्‍यो नयाँ उर्दी


0
Shares

रक्का, जेठ २१ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले आफ्ना समर्थकमा नयाँ उर्दी जारी गर्दै टेलिभिजनको स्याटेलाइट रिसिभर फुटाउन आदेश दिएको छ ।

एक प्रोपोगाण्डा भिडियो सार्वजनिक गर्दै सो संगठनले रिसिभर फुटाउँदै गरेको दृष्यसमेत देखाएको छ । उक्त भिडियोमा बलिउड अभिनेता अजय देवगन अभिनित एक्सन चलचित्र ‘सिंघम’ को एक दृष्यलाई समेत राखिएको छ ।

उक्त भिडियो इराक र सिरियामा छायांकन गरिएको बताइन्छ । भिडियोमा डोजरको सहायताले विभिन्न कम्पनीका एन्टेना र रिसिभर नष्ट गरेको देखाइएको छ । क्यामेरा सामू आइएसका एक लडाकुले भनेका छन्, ‘तिमीहरुको डिश टेलिभिजन हाम्रालागि फोहोरमा रहेका मेटलका डब्बाजस्तो हो ।’

आइएसले स्याटेलाइट टेलिभिजनमार्फत मुस्लिमलाई आफूविरुद्ध उक्साइएको आरोप लगाएको छ । (एजेन्सी)