Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


माइक्रोबसलाई बसले ठक्कर दिंदा आठजना घाइते


0
Shares

राजविराज, जेठ २१ । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगरमा आज बिहान माइक्रोबसमा बस ठोक्किँदा आठजना यात्रु घाइते भएका छन् ।

राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको को १ झ ३६६९ नम्बरको माइक्रोबसलाई सोही दिशातर्फ जाँदै गरेका लु १ ख ८०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा आठजना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

घाइतेलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बस र माइक्रोबस र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । (रासस)