लहान, जेठ २१ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा आज बिहान एक एम्बुलेन्स दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रौताहा सामाजिक सेवा समिति उदयपुरको स२च ४९६ नम्बरको एम्बुलेन्स लहान नगरपालिका–३ स्थित राजमार्गमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनमा परी उदयपुरको रौताहा–९ निवासी ४३ वर्षीय भरतराज तामाङ, सोही ठाउँका १९ वर्षीय सुभाष तामाङ, १८ वर्षीया शोभा तामाङ, १५ वर्षीय रामबहादुर श्रेष्ठ र उदयपुर चिलाउने–४ निवासी १९ वर्षीय उमेश लामा घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लगिएको प्रहरीले जनाएको छ । एम्बुलेन्स इलाका प्रहरी कार्यालय लहानमा रहेको छ भने चालक फरार भएकाले खोजी भइरहेको जनाएको छ । (राससं)





प्रतिक्रिया दिनुहोस्