Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


गाउँ नै खाली गरेर लेकतिर ‘जीवन बुटी’ खोज्दै


0
Shares

रुकुम, जेठ २१ । हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्चागुम्बा अर्थात ‘जीवन बुटी’ संकलनको समय शुरु भएपछि यार्चागुम्बा पाइने विभिन्न जिल्लाका बासिन्दा घरको काम थाँती राखेर लेकतिर लागेका छन् ।

शिक्षक, विद्यार्थीसमेत लेकतिर गएपछि विद्यालय बन्द भएका छन् । रुकुम जिल्ला आसपास र छिमेकी जिल्लाका मानिस केही डोल्पाको पाटनतिर लागेका छन् भने केही पूर्वी रुकुमको रन्मामैकोटको बुकी पाटन क्षेत्रतर्फ लागेका छन् ।

उता, दार्चुलका स्थानीय भने अपी नम्पा संरक्षण क्षेत्रका लेक लोलु, दुधिबन, सातगंगातिर गएका छन् । यस बर्ष यार्सा संकलनका लागि दार्चुलाका लेकतिर जेठ १ गतेबाट नै हेर्नको लागि प्रवेश खुला गरिएको हो भने डोल्पाका विभिन्न लेकमा जेठ १० गतेदेखि संकलन प्रवेशपत्र वितरण गरिएको हो ।

रुकुमका लेकहरुमा भने जेठ १६ गतेबाट सुरु भएको हो । वर्षभरिको कमाईको मुख्य स्रोत नै यार्चागुम्बा भएपछि स्थानीयबासिन्दा सबै लेकतिर जाने गरेका छन् ।