२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कर नतिरेसम्म एनसेलको पुँजीबृद्धि र व्यावसाय विस्तारमा रोक लगाउन निर्देशन


0
Shares

काठमाडौं, जेठ २१ । संसद्को अर्थ समितिले कर नतिरी एनसेललाई पुँजीबृद्धि तथा व्यवसाय विस्तार गर्न नदिन निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले एनसेलको सेयर बिक्रीमा लाग्ने पुँजीगत कर र लाभ कर असुल गरी त्यसको जानकारी समितिलाई गराउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले पुरानो कारोबारमा कर असुल उपर नगराउने कर्मचारी तथा सम्बन्धित निकायलाई छानविन गरि कारबाहीको दायरामा ल्याउन सरकालाई निर्देशन दिएको हो ।

समितिले एनसेलको सबै कर असुलउपर नभइ पुँजी बृद्धि गर्न तथा व्यवसाय विस्तारका सबै कार्यहरु रोक्न उद्योग मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।